दफा ५३
विलम्ब शुल्क
(१) उपभोक्ताले सेवाप्रदायकलाई बुझाउनु पर्ने महसुल, शुल्क वा सेवा शुल्क समयमा नबुझाएमा: विलम्ब शुल्क बुझाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम बुझाउनु: पर्ने विलम्ब शुल्कको रकम देहाय बमोजिम हुनेछ:-

(क) निर्धारित म्याद समाप्त भएको तीन महिनासम्मको लागि: सो_ महसुलको प्रति महिना पाँच प्रतिशतका दरले,

(ख) खण्ड (क) मा: उल्लिखित म्याद नाघेको अर्का एक: महिनासम्मको लागि सो महसुलको सात प्रतिशतको दरले,

(ग) खण्ड (ख) मा उल्लिखित म्याद नाघेपछि सेवा बन्द नगरिए सम्मको अवधिको लागि-प्रति महिना दश प्रतिशतको दरले ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहबाट शुल्क निर्धारण भई उपभोक्ता संस्थाबाट सञ्चालन र व्यवस्थापन गरिएका सामुदायिक खानेपानी सेवा प्रणालीको हकमा विलम्ब महसुल स्थानीय तहले निर्धारण गरेबमोजिम हुनेछ।